+
+

उत्तर कोरिया दक्षिणसँगको हटलाइन खोल्न तयार

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते १२:११

१४ असोज, काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियासँगको सम्बन्धमा सुधारको लागि हटलाइन सेवा पुनः सुरु गर्न तयार रहेको बताएका छन् ।

उत्तर कोरियाको संसद्को वार्षिक सत्रमा बोल्दै किम जोङ उनले यस्तो बताएका हुन् । यसअघि उत्तर कोरियाले गत अगष्टमा अमेरिकासँगको दक्षिण कोरियाको सैन्य अभ्यासको कारण देखाउँदै हटलाइन सेवा बन्द गरेको थियो ।

संसद्मा बोल्दै उनले अमेरिकाले उत्तर कोरियाप्रति ‘शत्रुतापूर्ण नीति’ नबदलेको आरोप लगाएका छन् । उनले उक्त नीति परिवर्तन नगरी वार्ताको प्रस्ताव गरिएको उल्लेख गरेका छन् ।

उत्तर कोरियाको केसीएनएले किम जोङ उनलाई उद्धृत गर्दै भनेको छ, ‘अमेरिका राजनीतिक समन्वयको कुरा गरिरहेको छ तर यो अन्तर्राष्ट्रिय समुदायलाई धोका दिने र आफ्नो शत्रुतापूर्ण कामलाई लुकाउने चाल हो । यो अमेरिकी प्रशासनद्वारा लगातार अपनाउँदै आएको शत्रुतापूर्ण नीतिकै विस्तार हो ।’

यद्यपि किम जोङ उनले दक्षिण कोरियासँग भने शान्तिको सशर्त प्रस्ताव गरेका छन् । समाचारमा बताइएअनुसार उनले अक्टोबरअगाडि नै हटलाइन सेवा सुरु गर्ने इच्छा व्यक्त गरेका छन् । तर, अब यो दक्षिण कोरियाले यस विषयमा देखाउने व्यवहारमा निर्भर गर्नेछ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment