 
																			दराज नेपालको एक अग्रणी ई-कमर्स कम्पनी हो । ई-कमर्स कम्पनी केमुको सेवाबाट सुरु भएको कम्पनीको सेवा अहिले दराजसम्म आइपुग्दा धेरै सुविधामा बढोत्तरी भएको छ ।
विशेषगरी लजिस्टिक इन्फास्ट्रक्चरको क्षेत्रमा दराजको विकास ई-कमर्स कम्पनीहरुको तुलनामा लोभलाग्दो छ । यही कम्पनीको पूर्वाधार विकासमा भएको प्रगतिको बारेमा दराजका प्रमुख सञ्चालन अधिकृत विमल अर्यालसँग गरिएको कुराकानी :
नेपालको ई-कमर्स कम्पनीहरुबीचको प्रतिस्पर्धाका लागि दराजले अपनाएको पूर्वाधार विकासको रणनीति कस्तो छ ?
स्थापनाकालको पृष्ठभुमिबाट हालको दराज सम्म आइपुग्दा कम्पनीले गरेको पूर्वाधार विकासको सिलसिला आफैंमा रोचक र उत्साहपूर्ण छ । कम्पनीको स्तर र आकार जति बढ्दै गयो, उति नै व्यवस्थापन पक्ष चुनौतीपूर्ण बन्दै जान्छ ।
हामी त झनै पूर्व एक नं प्रदेशदेखि सुदूरपश्चिम प्रदेशसम्म सेवा फैलिएको कम्पनी हौं । जसले गर्दा हामीहरुको व्यवस्थापनको पाटो आफैंमा चुनौतीपूर्ण छ । त्यति हुँदाहुँदै पनि हामीले आबलम्बन गरेका लजिस्टिक इन्फास्ट्रक्चर योजाना र कार्यान्वयन कारण यी चुनौतीलाई सामना गर्दै हामीले सेवाग्राहीलाइ गुणस्तरीय सेवा दिएका छौं भन्ने हाम्रो विश्वास छ र यो निरन्तर सुधार को प्रक्रिया पनि हो ।
कुनै पनि सामान विक्रेताबाट क्रेतासम्म पुर्याउनको लागि एउटा सिलसिलाको क्रममा प्रयोग हुने भौतिक पूर्वाधार, सिस्टम, प्रोसेस, पार्टनर, मानव संसाधन आदिको समग्र नै लजिस्टिक इकोसिस्टम हो ।
स्थापनाकालदेखि दराजसम्म आइपुग्दाको पूर्वाधार विकासको अवस्थालाई अवस्थालाई अलिकति तुलना गरौं । सुरु गर्दा हामीहरुको समग्र लजिस्टिक इन्फास्ट्रक्चर जम्मा एक हजार वर्गफिटमा मात्र सीमित थियो । हामीसँग त्यतिबेला केवल २०/२२ जना साथीहरु हुनुहुन्थ्यो । समग्र ब्यबसायमा भ्एको बढोत्तरीसँगै लजिस्टिक पनि हाम्रो प्रमुख ध्यान केन्द्र रहृयो । अहिले हाम्रो समग्र लजिस्टिक इन्फास्ट्रक्चर ६०/७० हजार वर्गफिटसम्म पुगेको छ ।
अर्को मुख्य उपलब्धि भनेको यस वर्ष हामीले डेलिवेरी गर्ने सहरहरु २७ बाट ४७पुगेका छन् । हामीसँग अहिले कस्टमरलाई सामान डेलिभर गर्ने १५ वटा हबहरु छन् । हामीसँग अघिल्लो वर्षसम्म यसको संख्या १३ थियो । कोरोना महामारीकाबीच पनि हामीले २ वटा हब बढाउन सफल भयौं । हामीमात्र नभएर यस कार्यमा अन्य ६ ओटा पार्टनहरु पनि हामी संग आबद हुनुहुन्छ ।
त्यस्तै, ई-कमर्सको लागि अर्को महत्वपूर्ण कुरा भनेको कस्टमर रिटर्न प्वाइन्ट्स पनि हो । क्रेताले खरिद गरेको सामान फिर्ता गर्नुपरे पनि समस्यान होस् भनेर हामीले ड्रप स्टेसनको अवधारणा ल्याएका छौं । गतवर्ष हामीसँग २० वटा ड्रप सेन्टरहरु थिए, अहिले यो संख्या ३१ वटा पुगेको छ ।
पूर्वाधारकै सवालमा एउटा सबल र भरपर्दो टेक्नोलोजीको पनि आवश्यकता हुन्छ र हामी अलिबाबाको प्रबिधि प्रयोग गर्छौं । जो आफैमा अत्यन्त प्रभावकारी अनिविश्वनीय छ ।
यिनै कुराको सेरोफेरोमा रहेर हामी कामहरु गरिरहेका हुन्छौ, जसबाट हामी निरन्तर नयाँ-नयाँ ठाउँमा सेवा विस्तार गर्ने, सञ्जालसँगै पार्टनरको विकास गर्ने, उन्नत, सहज र स्मार्ट प्रविधिको अवलम्बन गर्ने अनि सेवाग्राहीलाई परिस्कृत र उत्कृष्ट सेवा प्रदान गर्ने प्रयासमा अनबरत लागेका छौं ।
नेपालमा ई-कमर्सको सेवा भौगोलिक हिसाबले पनि चुनौतीपूर्ण छ । ४७ शहरमा सेवा पुगेको दराजले भूगोलका कारण भोगेका चुनौतीहरु के-के हुन् ?
माथि हामीले लजिस्टिक इन्फास्ट्रक्चरको कुरा गर्दैगर्दा हामीसँग अझै पनि विस्तार गर्नुपर्ने पर्याप्त ठाउँहरु छन् । कतिपय ठाउँमा राइट च्यानलवा पार्टनर नहुँदा यस्ता चुनौतीहरु छन्, जसका कारण हामीले चाहँदा चाहँदै पनि भौगोलिक अवस्थितिका कारण कुशल सेवा विस्तारमा कठिन भइरहेको छ । जबसम्म मैदानमा काम गर्ने मान्छे हुँदैनन्, त्यतिबेलासम्म यस्ता चुनौतीहरू आइरहन्छन् । अर्को चुनौती भनेको इन्टरसिटी मुभमेन्ट हो । यसले लिमिटेड एक्सिसको समस्या निम्त्याउँछ, आजपनि यस्ता धेरै भौगोलिक क्षेत्रहरु छन्, जहाँ सडक अथवा हवाई आवागमन सहज छैन ।
यसको समाधानका लागि हामीले पोर्टफोलियो म्यानेजमेन्टमार्फत पार्टनरहरु थप्दै जाने र आफ्नै सञ्जाल विस्तार गर्ने गरेका छौं । हामी कुनै पनि ठाउँमा सकेसम्म स्थानीयकै दक्षता प्रयोग गरेर सेवादिने कोसिश गर्छौं । त्यसको लागि स्थानीय पार्टनरसँग हाम्रो सहकार्य रहन्छ ।
यी सबै चुनौतीलाई चिरेर हामीले व्यवस्थित र गुणस्तरीय सेवा दिनुपर्छ भन्ने मान्यता राख्छौं ।
दराजका १५ वटा हबहरु के हुन् र यसले कसरी गर्छन् काम ?
हब भनेको डेलिभरी गर्ने प्वाइन्ट हो । जस्तो विभिन्न ठाउँबाट गरेको अर्डरलाई जतिसक्दो चाँडो क्रेतासम्म पुर्याउनको लागि खुलेका केन्ऽहरु नै हब हुन् । यी केन्द्रहरुमार्फत एउटा त अर्डर गरेको सामान क्रेताको घर दैलोमा पुर्याउने काम हुन्छ, भने अर्कोतिर क्रेताले विविध कारणले समान फिर्ता गर्नु पर्ने भएमा ती हबहरुमा फिर्ता गर्न सक्नु हुन्छ, साथै पैले नै भुक्तानी गरेका अर्डर पनि संकलन गर्न सक्नु हुन्छ्र एकै ठाउँबाट सामान वितरण गर्नुभन्दा ठाउँ-ठाउँबाट गर्दा सजिलो र प्रभावकारी हुन्छ भन्ने मान्यताका आधारमा हामीहरुले हबको अवधारणा सुरु गरेका हौं ।
अर्को, सेवाग्राहीको सहजता र सन्तुष्टिको कुरा हो । हब संजालको विस्तारले यी लक्ष्यप्राप्त गर्न प्रमुख भूमिका खेन्छन् ।
दराजले आन्तरिक मात्र नभएर भारत, चीन जस्ता देशबाट पनि सामान अर्डर गर्ने सुविधा दिएको छ , ग्लोबल कलेक्सनको पाटोमा दराज कसरी अरुभन्दा फरक छ ?
आधारभूत रुपमाभन्ने हो भने आन्तरिक र हाम्रो ग्लोबल कलेक्सनको प्रक्रिया मा तात्विक भिन्नता धेरै छैन, एउटामा अडर आन्तरिक बिक्रेता बाट परिपूर्ति हुन्छ भने आर्को मा चिन र भारत बाट परिपूर्ति हुन्छ्र ।
ग्लोबल कलेक्सनमा अविछिन्न तरिकाबाट क्रेताको अडर गरे बमोजिम भनेको समयमा डेलिभरी दिन हामी तीन पक्षमा विशेष ध्यान दिन्छौ, बिक्रेताले तोकिएको समयमा समान तयार गराउने, लजिस्टिक पार्टनरससँग समन्वय गरी तोकिएको समयमा चीन र भारत बाट नेपालमाति अडरहरु ल्याउने र नेपाल आइसकेपछि पनि घर दैलो डेलिभरीको लागि समन्यव गर्ने ।
यी सबै प्रक्रियामा हामीले समय सीमा तोकेका हुन्छौं र हामीसँग भएको प्रविधिले यी कामहरु कुन-कुन अवास्थामा छन् भनेर रियल टाइम जानकारी गराउँछौं । जसले गर्दा समस्या छन् भने सक्रिय रुपमा पहिचान र निरुपण गर्न सहज गराउँछ ।
ग्रामीण भेगमा सेवाप्रवाहको लागि केही योजनाहरु छन् ?
माथि भने जस्तै भौगोलिक बिकटले गर्दा हामीले दूरदराजमा सेवा पुर्याउन नसकेको कुरा सत्य हो । तर, हामी यस कुरामा यथास्थितिमा बसिरहेका छैनौं । हामीले जुन शहरी क्षेत्र भनेका छौं, त्यो केवल शहर मात्रै होइन, शहरको आसपासको क्षेत्र समेत हामीले समाबेश गर्दै लागेका छौं ।
यस वर्ष हाम्रा डेलिभरी गर्ने क्षेत्रहरु २७ बाट ४७ पुगेका छन्, जसमा हामीले सर्वथा नयाँ ठाउँहरु पनि समावेश गरेका छौं । जसमा परिचित ठूला सहर भन्दाबाहिरका क्षेत्र पनि छ जस्तै दमौली, बर्दिबास, साँखु, गोदाबरी, कावासोती, गैडाकोट, जलेश्वोर, रामग्राम, सैनामैना आदि ।
आगामी दिनहरुमा पनि हामी शहरका बाहिरी क्षेत्र र सेवा नपुगेका ग्रामीण क्षेत्रमा क्रमिक रुपमा सेवा विस्तार गर्ने सोचमा छौं ।
दराजले नेपालीहरुको महानपर्व दशैंको अवसरमा दशैं धमाका अफर ल्याएको छ, त्यसको केहि समय पछि ११.११ छ, तयारी कुन रुपमा हुँदैछ ?
हाम्रो लागि दशैंको समय उत्साहपूर्ण र चुनौतीपूर्ण दुवै हुन्छ । हामी के कुरामा विश्वास गर्छौं भने जहिलेसम्म हामी चुनौती लिँदैनौं, त्यो काम गर्न रमाइलो पनि हुँदैन । दशैंको क्याम्पियन आफैँमा २०२१ को सबैभन्दा ठूलो क्याम्पियन हो । त्यसपछिको अर्को वर्षैभरिको ठूलो क्याम्पियन नोभेम्बरमा आउँदै छ । सामान्यतया ठूलो क्याम्पियन छ भने यसको तयारी पनि ठूलै हुनुपर्छ, जुन हामीले गरिरहेका छौं ।
हामीले यसअघिका सिकाइबाट भेटिएका कमिकमजोरी सुधारेर अघि बढ्ने नीति हाम्रो छ । यसमा सबैभन्दा ठूलो कुरा भनेको क्षमताको निर्माण र विकास हो, क्षमताको हकमा मानव संशाधन, भौतिक संरचनाको तयारी, प्रविधिको चुस्तता पर्छन् । पूर्व तयारीकै सिलसिलामा हामी जनशक्ति क्याम्पियनको धेरै अगाडी नै परिपूर्ति गर्छौं । ताकि उहाँहरु मानसिक, व्यवहारिक र प्राविधिक रुपमा तयार र दक्ष हुनुहुन्छ ।
हामी लगायत हाम्रा पार्टनरहरु पनि यही दिशामा तयार हुनुहुन्छ । समग्रमा क्याम्पियनको तयारी बृहत्तर रुपमा भईराखेको छ र हामी अझ राम्रो सेवादिने कुरामा दृढ छौ ।
दराजको विजिनेस कल्चर कस्तो छ ?
दराजमा हामी खुलापन, पारदर्शिता, दोहोरो सम्बादमा विश्वास गरछौं र दराज एउटा युवा पुस्ताले हाकिरहेको संस्था हो । हामी एक पाइलामा असफल भए त्यसबाट सिकेर दुई पाइला अघि बढ्नु पर्छ भन्ने मान्यता राख्छौ, हामी राम्रो सुझाव आएको छ भने जहाँबाट आएपनि त्यसलाई ग्रहण गर्नपर्छ भन्ने मान्यता राख्छौं ।
हामी मान्छेलाई नियुक्ति दिएर मात्रै सबैकुरा हुन्छ भन्नेमा विश्वास राख्दैनौं, किनभने मान्छे नियुक्तिसँगै गुणस्तरमा विश्वास गर्छौं, जुन निरन्तर सिक्ने र सिकाउने प्रक्रियाबाट मात्र सम्भव छ ।
हामी सेवाग्राहीलाई केन्ऽमा राखेर हाम्रा कार्यहरु निर्दिष्ट हुनुपर्छ भन्नेमा विश्वाश राख्छौं ।
ई-कमर्समा ‘चाडो डेलिभर गर्ने कि कम खर्चमा ‘डेलिभर’ गर्ने ? भन्ने बहस चल्ने गर्छ । यसमा तपाईंको धारणा के छ ?
यसमा दुबै कुराको सही सन्तुलन हुनु पर्छ जस्तो लाग्छ । समयको कुशल व्यवस्थापन र खर्चको यथोचित प्रयोग हुनु पर्छ ।
लामो दौरानमा सापेक्षित रुपमा जब हामी प्रक्रियाहरु चुस्त बानाउछौं, नयाँ-नयाँ प्रणालीको विकास गर्छौं, यसबाट हाम्रो समय र खर्च दुवैमा सकारत्मक प्रभाव पर्न जान्छ, हामी पनि यही उदेश्यले अघि बढ्दैछौं ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4