+
+

पोखरीमा डुबेर बारामा बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते १८:३०
प्रतीकात्मक तस्वीर

१३ असोज, वीरगञ्ज । बारामा पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका–१ ढाटटोलका जितन मुखियाकी ६ वर्षीया छोरी सुमन कुमारीको मृत्यु पोखरीमा डुबेर मृत्यु भएको हो ।

बुधबार साँझ साढे ५ बजेतिर आमा र अन्य महिलाको समूह जितिया पर्वमा नुहाउनका लागि स्थानीय हेमचन्द्र कलवारको पोखरीमा पसेका थिए । सोही क्रममा सुमन पोखरीमा डुबेकी थिइन् ।

पोखरीको पानी खाएर बेहोस भएकी उनलाई आमाले तत्कालै उपचारको लागि नगर अस्पताल सिम्रौनगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?