+
+

४८ बोतल लागुऔषध विनसाइरेक्ससहित मकवानपुरबाट एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १५ गते १६:३३

१५ असोज, मकवानपुर । मकवानपुर प्रहरीले लागु औषधविनसाइरेक्ससहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका- ५ बस्ने २५ वर्षीय सोमबहादुर थोकर रहेका छन् ।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडाको चिल्ड्रेन पार्कबाट पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले लागुऔषध विनसाइरेक्स १०० एमएल लेखिएको ४८ बोतल लागुऔषध बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?