+
+

एक महिनामा करीब १० हजार पर्यटक नेपाल भित्रिए

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते २०:२५
फाइल तस्वीर

१७ असोज, काठमाडौं । एक महिनाको अवधिमा करीब १० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर २०२१ मा ९ हजार ८ सय ९८ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।

सन् २०१९ को सेप्टेम्बरका ९२ हजार ६ सय ४ जना पर्यटक नेपाल आएका थिए । गत वर्ष २०२० मा भने यो महिनामा मात्र ५८४ जना मात्र पर्यटक आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार अप्रिलपछि घटेको पर्यटक आगमन ५ महिनापछि केही सुधारिएको हो । अगस्ट महिनामा ५ हजार ९ सय १७ जना पर्यटक आएको बोर्डको तथयांकमा उल्लेख छ ।

नेपाल आएका विदेशीमध्ये सबैभन्दा बढी भारतीय छन् । भारतबाट एक महिनामा ३ हजार ५२३ जना पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट १ हजार ८६४, बेलायतबाट ४३८ र चीनबाट २३३ जना पर्यटक नेपाल आएका छन् ।

एक महिनाको अवधिमा सार्क मुलुकबाट ३ हजार ७३४, सार्कबाहेक एसियाली मुलुकबाट ५८५, यूरोपबाट १ हजार ७३३, अष्ट्रेलिया–न्यूजिल्याण्डबाट ८१, अमेरिकी महादेशबाट २ हजार १२५ र अन्य क्षेत्रबाट १ हजार ६४० जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।

यो वर्ष (सन् २०२१) कुन महिनामा कति पर्यटक आए ?

  • जनवरी : ८,८७४ जना
  • फेब्रुअरी : ९,१४६ जना
  • मार्च : १४,९७७ जना
  • अप्रिल : २२,४५० जना
  • मे : १,४६८ जना
  • जुन : १,१४३ जना
  • जुलाई : २,९९१ जना
  • अगस्ट : ५,९१७ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?