+
+

सुधारियो नेप्से परिसूचक, दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक ‘सर्किट’

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १४:५८

२० असोज, काठमाडौं । यस साताको अन्तिम कारोबार दिन बुधबार शेयर बजारमा सुधार देखिएको छ । साताको दुइ दिन लगातार घटेको नेप्से परिसूचक तेस्रो दिन दोहोरो अंकले बढेको थियो ।

चौथो दिन बुधबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । भोलि बिहीबार भने सार्वजनिक बिदा भएकाले कारोबार हुँदैन ।

बुधबार नेप्से परिसूचक ६८ दशमलव ४७ अंकले बढेर २ हजार ६ सय ८१ दशमलव १० अंकमा पुगेको छ । शेयर कारोबार रकम पनि ४ अर्ब ५० करोड रुपैयाँ नाघेको छ ।

साताका शुरुवाती दुई दिन लगातार घटेको बजार साताका अन्तिम दुई दिन लगातार बढ्दा लगानीकर्ताहरुमा हौसला बढेको छ । मंगलबारको तुलनामा शेयर कारोबार रकम समेत बुधबार सुधार भएको छ ।

नेप्से परिसूचक बढ्दा एक दर्जन हाराहारी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेञ्जले एकैदिन ठूलो घटबढ नहोस् भनेर कुनै पनि कम्पनीको शेयर मूल्य एक दिनमा १० प्रतिशत भन्दा धेरै घट्ने वा बढ्ने हुन नदिने नियम बनाएको छ ।

सोहि नियम अनुसार बुधबार किसान लघुवित्त वित्तीय संस्था, प्रोगेसिभ फाइनान्स, नयाँ सारथी लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, सबैको लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स लगायतका कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यी हुन् धेरै कमाउने र गुमाउने कम्पनीहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?