+
+

मुख्यमन्त्री राउतले राजीनामा दिएर भएपनि छानबिनमा सघाउनुपर्छ : लोसपा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते १५:१३
प्रदेश २ लोसपा स‌सदीय दलका नेता जितेन्द्र सोनल

२० असोज, जनकपुरधाम । प्रमुख विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिएर भएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनलाई सहयोग गर्नुपर्ने बताएको छ ।

बुधबारदेखि शुरु भएको प्रदेशसभा अधिवेशनको पहिलो दिन लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले सबै कार्यालयको छानबिन गर्न मुख्यमन्त्री स्वयंले निम्तो दिएको बताए । समन्वय परिषद्को बैठकमा तत्कालीन अख्तियार प्रमुखलाई बोलाएर आफ्नो सबै कार्यालयको छानबिन गर्न आग्रह गरेको र अहिले अख्तियारले छापा मार्दा संघीयता धरापमा परेको भनिएको भन्दै उनले भने, ‘अख्तियारको छापाले संघीयता समाप्त हुँदैन ।’

उनले छानबिनलाई सहयोग गर्न आवश्यक परे मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताए ।

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानका क्रममा वितरण गरिएको साइकलमा अनियमितता भएको भन्दै अख्तियारको बर्दिबास कार्यालयले हालै मात्र प्रदेश २ का मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?