+
+

पोखरालाई भैरहवाको १२० रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १४:१९
फाइल तस्वीर

२१ असोज, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ अन्तर्गत दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सले पोखरा राईनाेजलाई १२० रनको लक्ष्य दिएको छ ।

टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमन ६ विकेट गुमाएर ११९ रन बनाएको हो।

भैरहवाको लागि कप्तान शरद भेषावकरले सर्वाधिक ३२ रन बनाए । शरदले ३३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । यस्तै आरिफ शेखले २४ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा २७ रन जोडे।

५१-५ को अवस्थामा रहेको बेला आरिफ शेखले कप्तान शरद भेषावकरसँग छैटौं विकेटका लागि ४१ रनको साझेलारी गरेका थिए । यस सिजन पहिलो पटक ओपनिङ गरेका राहित पौडेलले १८, प्रदिप ऐरीले ११ र उपुल थरंगाले १० रन बनाए ।

बलिङमा पोखराका किशोर महतो र साहान अराचचिगेले २-२ विकेट लिए । साहानले ४ ओभरमा १५ रन खर्चिए भने किशोरले ४ ओभरमा १ मेडन राख्दै २१ रन खर्चिए । नन्दन यादव र असेला गुनारत्नेले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?