+
+

शानदार पुनरागमन जितसहित फ्रान्स फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते ८:१७

२२ असोज, काठमाडौं । बेल्जियमविरूद्ध उत्कृष्ट पुनरागमन जितसहित फ्रान्स युइएफए नेशन्स कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फ्रान्सले अब उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

बिहीबार राति भएको सेमिफाइनलमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै फ्रान्सले बेल्जियमलाई ३-२ ले पराजित गरेको हो । थियो हर्नान्डेजले इन्जुरी टाइममा गोल गर्दै फ्रान्सलाई जित दिलाएका हुन् ।

इटालीको एलिनाज स्टेडियममा भएको खेलमा यानिक कारसाकोले ३७औं र रोमेलु लुकाकुले ४०औं मिनेटमा गोल गरेपछि बेल्जियमले पहिलो हाफमा दुई गोलको अग्रता बनाएको थियो ।

तर दोस्रो हाफमा फ्रान्सले शानदार कमब्याक गर्‍यो । करिम बेन्जामाले ६२औं र किलिएन एमबाप्पेले ६९औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि फ्रान्सले खेल बराबरी गर्‍यो ।

इन्जुरी टाइममा हर्नान्डेजले गोल गरेपछि फ्रान्सले खेल ३-२ ले जित्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?