+
+

धनुषामा एकै परिवारका ३ जनाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २३ गते १३:०१

२३ असोज, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकामा एकै परिवारका तीन जनाकाे शव फेला परेकाे छ ।

नगरपालिकाकाे वडा नम्बर ७ फुलगामा टाेलकी २४ वर्षीया गुडिया साह, उनका ५ बर्षीय छोरा अभिषेक र ३ बर्षीय आदित्य साहकाे शव घरभित्रै फेला परेकाे धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार गुडियाले दुबै छाेरा हत्या गरी आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

मृतक तिनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र अन्य अनुसन्धान भइरहेकाे डीएसपी बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?