+
+

बागमती प्रदेशले प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २३ गते १८:३५

२३ असोज, काठमाडौं । बागमती प्रदेश खेलकुद विकास परिषदले प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रदेशकै सबैभन्दा ठूलो कार्यक्रमको रुपमा विगत २ बर्षदेखि नै आयोजनाको तयारी गरिएको उक्त प्रतियोगिता आगामी पुष महिनादेखि माघसम्म सञ्चालन हुने भएको छ ।

प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद विकास परिषद्ले २ करोड र बागमती प्रदेश सरकारको ४ करोड ५४ लाख रुपैयाँ गरी ६ करोड ५४ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ ।

स्थानीय, जिल्ला र प्रदेश गरी तीन चरणमा हुने उक्त प्रतियोगितामा फुटबल, भलिबल, कृकेट, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, ब्याडमिन्टन समावेश हुनेछन् ।

उक्त प्रतियोगिताको लागि स्थानीय तहले प्रतियोगिता वा छनोटमार्फत टिम तयार गरी जिल्ला स्तरीय प्रतियोगिताको लागि सहभागी पठाउनुपर्नेछ ।

जिल्ला टिममा व्यक्तिगत स्पर्धामा खेलिने खेलबाट बिजेता खेलाडीलाई खेलाइने छ भने समूह खेलमा बिजेता र अन्य टिमका पनि उत्कृष्ट खेलाडी मध्येबाट जिल्ला टिम तयार गरी प्रदेशमा सहभागी गराइने प्रदेश खेलकुद विकास समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?