+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गण्डकी साक्षर प्रदेश घोषित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १३:२१

२४ असोज, पोखरा । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार पोखरामा एक समारोहका बीच गण्डकीलाई साक्षर प्रदेश घोषणा गरेका हुन् ।

गण्डकी प्रदेशका ११ वटै जिल्लाका लक्षित उमेर समूह ९१५–६०० को जनसंख्याको ९५ प्रतिशतभन्दा बढी साक्षरा भई विभिन्न मितिमा साक्षर जिल्ला घोषणा गरी औसत साक्षरता ९६.५७ प्रतिशत रहेको आधारमा गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्न लागिएको हो ।

१५ वर्षमुनिका ९७.३ प्रतिशत बालबालिकाले भर्ना भएर अहिले विद्यालयमा पढिरहेकाले भदौ ३० गते गण्डकी प्रदेश सरकारको निर्णयअनुसार आइतबार साक्षर घोषणा गरिएको शिक्षा मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए ।

‘चार वर्षसम्म साक्षरता दर अझै बढाउन विभिन्न कार्यक्रम भइरहेका थिए । त्यही कार्यक्रममार्फत साक्षरता दर अहिले ९६.५७ पुगेको हो,’ उनले भने । गण्डकीका ८५ वटै पालिका र ११ वटै जिल्लाले यसअघि नै साक्षर घोषणा गरिसकका थिए ।

पोखराको नयाँबजारस्थित क्षेत्रीय संग्रहालयमा गण्डकीको साक्षर प्रदेशको स्तम्भ बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?