+
+

पुरुष टी-२० विश्वकपमा पहिलो पटक डीआरएस प्रयोग गरिने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २४ गते १६:०९

२४ असोज, काठमाडौं । यही अक्टोबर १७ देखि सुरु हुने आइसीसी टी-२० विश्वकपमा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रयोग गरिने भएको छ ।

आईसीसी टी-२० विश्वकपको सातौं संस्करण यही अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएई र ओमानमा संयुक्त रुपमा आयोजना हुँदैछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले विश्वकपको प्लेइङ कन्डिसन्समा डीआरएस प्रयोग गरिने जनाएको छ । पुरुष टी-२० विश्वकपका पहिलो पटक डीआरएस लागु गर्न लागिएको हो ।

आईसीसीका अनुसार प्रतियोगितामा प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा रिभ्यू पाउनेछ ।

यस्तै आईसीसीले ढिलो सुरु हुने वा वर्षाले प्रभावित हुन सक्ने खेलका लागि ओभरहरुको संख्या समेत बढाउने निर्णय गरेको छ ।

समूह चरणमा डीएलएस मेथड अनुसार खेलको नतिजाका लागि प्रत्येक टोलीले कम्तिमा ५ ओभर ब्याटिङ गरेको हुनुपर्नेछ । यो टी-२० को लागि सामान्य प्रावधान हो । तर सेमिफाईनल र फाइनलमा भने डिएलएस नतिजाका लागि दुवै टिमले कम्तिमा १० ओभर ब्याटिङ गर्नुपर्नेछ ।

सन् २०१८ मा भएको महिला टी-२० विश्वकप देखि आइसीसीको मुख्य प्रतियोगितामा डीआरएस प्रायोग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?