+
+

पर्वतमा बनेको विश्वकै दोस्रो लामो जिपलाइनको परीक्षण सफल

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २६ गते १२:३४

२६ असोज, पर्वत।कुस्माको चाक्लेडिलमा अवस्थित विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइनको परीक्षण सफल भएको छ ।

सदरमुकाम कुश्मा नगरपालिका-५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरसम्म एक हजार ४०० मिटरको दूरीमा रहेको जिपलाइन को परीक्षण सफल भएको जिपलाइनका अध्यक्ष बिदुर पौडेलले बताए ।

उनका अनुसार कालिगण्डकी नदीमाथि २ सय ५० मिटर अग्लो जिपलाइनबाट कालिगण्डकी नदीका दुई भाग पार गर्न सकिन्छ । स्थानी ९ जना व्यवसायीहरुले ‘द हार्नेस कम्पनी मार्फत १५ करोडको लाग्तमा यो जिपलाइनन निमार्ण सम्पन्न गरिएको हो ।

जिपलाइनको परीक्षण सफल भएसँगै पर्वतमा साहसिक पर्यटनको विकासकामा महत्वपूर्ण टेवा पुग्‍नेछ । यसैगरी हार्नेश जिपलाइनले पर्वत जिल्लालाई साहसिक खेलको जिल्लाकै रूपमा परिचित गराउन र मुस्ताङ आउजाउ गर्ने पर्यटकलाई पर्वतमा बस्नै मन लाग्ने बनाउनका लागि कालीगण्डकी नदीमा जेटस्की (वाटर बाइक) समेत सञ्चालन गर्ने योजना बनाएको छ ।

कम्पनीका सञ्चालक राजकुमार बस्नेतका अनुसार पोखराबाट स्थलमार्ग हुँदै धेरै पयर्टक मुस्ताङसम्म जाने गरेको भएपनि अब उनीहरू पर्वतका पर्यटकीय गन्तव्यस्थलमा पर्यटकीय विकास हुनेमा विश्‍वास व्‍यक्त गरे ।

उक्त जिपलाइनको निर्माण भारतीय कम्पनी श्याम जिपलाइनले गरेको हो। नवीन म्यासीका अनुसार क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ ।

पर्वतको जिपलाइनमा एकै पटकमा दुईजनासँगै झुण्डिएर यात्रा गर्न मिल्ने बनाइएको छ । उक्त यात्रा ६० देखि ९० सेकेण्डको समय अवधिभित्र पूरा भइसक्नेछ । जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्ने कप्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?