+

साफ च्याम्पियनसिप : फाइनल पुग्न नेपाललाई बराबरी नै पर्याप्त

२०७८ असोज  २६ गते १९:१७ २०७८ असोज २६ गते १९:१७
साफ च्याम्पियनसिप : फाइनल पुग्न नेपाललाई बराबरी नै पर्याप्त

२६ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपालले लिग चरणको अन्तिम खेलमा बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशसँगको खेल जित वा बराबरी गरेमा नेपाल फाइनल प्रवेश गर्नेछ ।

सुरुआती दुई खेलमा रोमाञ्चक जित निकालेको नेपाल तेस्रो खेलमा भने भारतसँग १-० ले पराजित भएको थियो । साफ च्याम्पियनसिपमा २८ वर्ष लामो संघर्ष गरेको नेपालको फाइनल पुग्ने यात्रा भारतसँगको पराजयसँगै एक खेल पर धकेलिएको थियो ।

बुधबार नै भारत र माल्दिभ्सबीच पनि खेल हुँदैछ । फाइनल पुग्ने टिम बुधबारको खेलबाटै टुंगो लाग्नेछ । बंगलादेशसँगको खेल जितका लागि खेल्ने नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठले बताए ।

समान ६ अंक भए पनि गोल अन्तरको आधारमा आयोजक माल्दिभ्स शीर्ष स्थानमा उक्लिँदा भारतसँगको पराजयले नेपाल दोस्रो स्थानमा झरेको छ । बंगलादेशसँगको खेलमा नेपाल हारेमा टोली प्रतियोगिताबाटै बाहिरिनेछ । यदि खेल बराबरी भएमा पनि नेपाल ७ अंक जोड्दै उपाधि प्रतिस्पर्धामा पुग्नेछ । बंगलादेशले जितेमा ऊ फाइनलमा पुग्नेछ ।

आयोजक माल्दिभ्स र भारतबीच हुने खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ । ५ अंक जोडेको भारतले बराबरी खेलेमा पनि बाहिरिनेछ । आयोजक माल्दिभ्स भने बराबरी खेले पनि फाइनलमा पुग्नेछ ।

फुटबल साफ च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय