+
+
ब्लग :

सोचको कैदमा शिक्षा

विवेक बख्रेल विवेक बख्रेल
२०७८ असोज ३१ गते १२:५३

‘नचाहिने कुरा नगर है । के हाम्रा जातिका सबै मरेका छन् र तल्ला जातिकासँग बिहे गर्नलाई ?’ सामाजिक अन्तरघुलनको क्रम तीब्र भइरहँदा यी र यस्तै भावका वाक्यहरू हामीमध्ये धेरैले सुन्दै आएका छौं । हामी सामाजिक प्राणी हौँ । समाजमा बस्नुछ हामीलाई । हामी चाहन्छौँ- समाजमा बस्दा कहिल्यै आपसमा झै-झगडा नहोस् र अशान्ति नफैलियोस् l हाम्रो यो अपेक्षा र सामाजिक चाहनालाई सार्थकता दिन कानुन छ देशमा ।

कानुनले देशका सम्पूर्ण नागरिकको हक अधिकारको व्यवस्था गरी विधिको शासन र उक्त व्यवस्थाको कार्यान्वयन गर्दछ । समाजमा शान्ति कायम गर्नका निम्ति यो एक उपयुक्त माध्यम अथवा साध्य हो ।

कानुनमा हक अधिकारको व्यवस्था मात्र होइन, ती सँगसँगै हक अधिकारलाई उल्लंघन अथवा आघात पुर्‍याउनेलाई कानुन बमोजिम दण्ड सजायको समेत व्यवस्था गरिएको छ ।

हुन त यसै समाजमा लोककल्याणकारी अवधारणा प्रस्तुत गर्नेहरूको व्यवहार पनि हामीले देखे भोगेकै छौं । समाजवादको नारा लगाउनेहरूको व्यवहार पनि देखे भोगेकै छौं । शान्तिप्रेमीको छवि बनाउन चाहनेहरू र सत्य, कानुन र न्यायको पक्षमा ज्ञान र प्रवचन दिँदै हिंड्नेहरूलाई पनि देखिरहेकै छौं । सिद्धान्त विपरीत कानुनले ‘गर’ भनेको कार्य नगर्दै र ‘नगर’ भनेको कार्य गर्दै हिंड्नेहरूको कमी छैन यहाँ ।

समाजका कुनाहरूमा अझै पनि यस्ता घरदैलाहरू पनि छन् जहाँ हुन नहुने कुराहरू भइरहेका छन् । केही रीति, परम्परा वा प्रथाहरूलाई कानुनको सिद्धान्त, त्यसका प्रावधानहरू र स्थापित नजिरहरूले गलत भएको व्याख्या गरेका छन् । तर, यसबारे ती बस्ती र समुदायलाई केही पनि थाहा छैन । कतिपयले समर्थनको नाटक गरेर पुरानै व्यवहार दोहोर्‍याइरहेका छन् भने कतिपयलाई नयाँ परिवर्तनको कुरा थाहा नै छैन ।

कतिपय मानिसहरू यो मान्न नै चाहँदैनन् की ती रीति र प्रथाहरू गलत हुन् र समाजमा त्यसले गहिरो असर पार्दछ । समाजका यी वर्गहरूबाट ‘यो चलिआएको परम्परा हो र चली नै रहन्छ’ भन्ने खालका अभिव्यक्तिहरू प्रस्तुत हुन्छन् ।

म कुरा गर्दै छु- ‘जातीय विभेदको’ ।

‘जातीय विभेद’ लाई हाम्रा कानुनले गलत भनेको छ । जातीय विभेदलाई प्रश्रय दिने सबै गतिविधिलाई कानुनले अपराधको दर्जा दिन्छ ।

मुलुकी अपराधसंहिता २०७४ दफा १६० र १६१ ले यो कार्यलाई अपराध समेत घोषित गरी उक्त कानुनको उल्लंघन गर्नेलाई सजायको व्यवस्था गरेको छ । तर पुस्तकका पानामा सीमित यी कानुनको न्याय प्राप्तिको परिकल्पना तथ्य र सामाजिक यथार्थसँग मेल खाँदैन ।

समाजका यस्ता व्यक्तिहरू जति नै पढेलेखेको भए पनि शिक्षाको केही अर्थ नै छैन । जति ज्ञानको पाठ पढे पनि समाजले आर्जन गरेको शिक्षा अझैपनि संकुचित सोचको अँध्यारो कैदमा नै बन्द छ र यसलाई तदनुसार निरन्तरता दिइरहने हो भने सदैव कैद नै रहन्छ ।

शनिबारको दिन घुम्न भनी निस्किएको थिएँ । भोक लाग्यो । एउटा खाजा पसलमा पसेर खाजा मगाएँ । केही बेरमामा नजिकै एक अधबैँसे महिला आएर बसिन् । उनले पनि खाजाको अडर दिएर दूरभाषक यन्त्रमा (मोबाइल) कुरा गर्न व्यस्त भइन् ।

आवाज प्रस्ट नसुनिए पछि उनले लाउड स्पीकर अन गरेकी थिइन् । सबै वार्तालाप मैले पनि सुनेँ । कुरा चल्दै जाँदा एक समय यस्तो आयो की मेरो खाजाको गाँस मुखमा पार्नु अघि नै रोकियो । संवादको वाक्य जस्ताको तस्तै- ‘मेरो घरमा काम गर्ने मान्छे चाहिएको थियो । तर तल्लो जातिको चाहिँ हुँदैन है ।’

संवाद सुन्दा आफ्नो निकट मित्रसँग वार्तालाप गरेको मेसो पाएँ । केही बेरपछि उताबाट प्रश्न आयो- ‘तेरा छोराछोरीले तल्लो जातको सँग बिहे गरे भने के गर्छेस् तँ ?’

यी महिला झनक्क रिसाएर प्रश्न भुइँमा पर्न नपाई जवाफ फर्काइन्- ‘नचाहिने कुरा नगर् है । के हाम्रा जातिका सबै मरेका छन् र तल्ला जातिका सँग बिहे गर्नलाई ?’
यो कुरा सुन्दा मलाई अलि नमज्जा लाग्यो र त्योभन्दा बढी रिस उठ्यो । खाजा सक्किसकेकोले पैसा तिरेर त्यहाँबाट निस्किहालें । मेरोसामु रहन्जेलसम्म महिलाको बोल्ने शैली, हाउभाउ, माग गरिएका खाजाका परिकारहरू हेर्दा एकछिन पनि यस्तो लागेन कि वहाँ असिक्षित हुनुहुन्थ्यो ।

समाजका यस्ता व्यक्तिहरू जति नै पढेलेखेको भए पनि शिक्षाको केही अर्थ नै छैन । जति ज्ञानको पाठ पढे पनि समाजले आर्जन गरेको शिक्षा अझैपनि संकुचित सोचको अँध्यारो कैदमा नै बन्द छ र यसलाई तदनुसार निरन्तरता दिइरहने हो भने सदैव कैद नै रहन्छ ।

समाधान ? समाधान यसको एकमात्र छ- ‘गलतलाई गलत भन्न सक्ने आवाज सबैको हुनुपर्छ ।’ घर, परिवार र इष्टमित्र भित्र नै गलतलाई प्रोत्साहन गर्ने कोही छन् भनेपनि सकेसम्म सम्झाउने र नसके कानुनको सहायता लिनैपर्ने हुन्छ । यति गर्दा पनि समस्या जरा देखि नै समाप्त त अझै पनि हुँदैनन् तर केही कमी भने अवश्य आउँछ ।

मैले कुनै धर्मको अवहेलना गर्न वा कुनै संस्कृतिको अपमान गर्न खोजेको होइन । मेरो उद्देश्य केवल सामाजिक यथार्थलाई कानुनी व्यवस्थासँग जोड्नु मात्र हो । किनभने कानुनको पालना हाम्रो जिम्मेवारी हो र कानुनको अनभिज्ञता क्षम्य हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?