+
+

अन्तरिक्षमा पहिलो पटक फिल्मको छायांकन गरेर फर्कियो रुसी फिल्म टोली

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते ९:५९

अन्तरिक्षमा पहिलो पटक चलचित्रको छायांकन गरेर चलचित्र ‘च्यालेञ्ज’को टोली फर्किएको छ । रुसी फिल्म टोलीले १२ दिनसम्म अन्तरिक्षमा करिब ४० मिनेट लामो दृश्यको छायांकन गरेको हो । चलचित्र ‘च्यालेञ्ज’को छायांकनका लागि नायिका यूलिया पेरेसिल्ड, निर्देशक क्लिम शेपिंकोसँगै अन्तरक्षि यात्री ओले नावित्सकी पनि फर्किएका छन् । ओले १९१ दिनदेखि अन्तरिक्षमा थिए ।

यो टिम आइतबार नेपाली समय अनुसार बिहान ७ बजे अन्तरिक्षबाट फर्किएको थियो । उनीहरु बिहानको सवा १० बजे काजकिस्तानमा अवतरण गरेका थिए । अवतरणपछि सबै सदस्यहरु सुरक्षित रहेको बताइएको छ ।

तिनै जनालाई रुसी हेलिकप्टरबाट काजकिस्तानको कारागान्डा शहरमा पुर्याइएको छ । त्यहाँ विश्राम गरेपछि उनीहरुलाई रुसको स्टार सिटीमा चेकजाँचका लागि लगिनेछ ।

पेरेसिल्ड र शिपेंको चलचित्र छायांकनका लागि अक्टुबर ५ मा आईएसएसमा पुगेका थिए । एक अन्तरिक्ष यात्रीको ज्यान बचाउनका लागि अन्तरराष्ट्रिय स्पेश स्टेशनमा उडान भर्ने एक महिला डाक्टरको कथामा यो चलचित्र निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?