+

अन्तरिम जमानतमा छुटे पूर्व क्रिकेटर युवराज सिंह

२०७८ कात्तिक  १ गते १८:४४ २०७८ कात्तिक १ गते १८:४४
अन्तरिम जमानतमा छुटे पूर्व क्रिकेटर युवराज सिंह

१ कात्तिक, काठमाडौं । भारतीय पूर्व क्रिकेटर युवराज सिंहलाई हिसार पुलिसले पक्राउ गरेर अन्तरिम जमानतमा छाडेको छ ।

उनी पक्राउ गरेको आइतबार राति मात्र सावजनिक भयो । उनीमाथि एक इन्स्टाग्राम लाइभमा जातिगत टिप्पणी गरेको आरोप छ । उनीविरुद्ध रजत कलसन नाम गरेका व्यक्तिले जातिगत टिप्पणी गरेको आरोपमा एफआईआर दर्ता गरेका थिए ।

अदालतको निर्देशन अनुसार सिंह अनुसन्धानमा सहभागी भएको र अन्तरिम जमानतमा छाडेको हान्सीका एसपी निकिता गहलोतले बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

युवराज सिंह
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय