काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिडले साख्तर डोनेस्कलाई ५-० ले पराजित गरेको छ ।
रियलको जितमा भिनिसियस जुनियरले दुई गोल गरे भने रोड्रिगो र करिम बेन्जिमाले एक/एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको ३७औं मिनेटमा साख्तरका सेर्ही क्रिभ्टसोभले आत्मघाती गोल गरेपछि रियलले अग्रता बनाएको थियो । त्यसपछि ५१औं र ५६औं मिनेटमा भिनिसियस जुनियरले गोल गरे ।
६४औं मिनेटमा रोड्रिगो र इन्जुरी टाइममा बेन्जिमाले गोल गर्दै रियललाई ५-० को फराकिलो जित दिलाए ।
दोस्रो जितपछि रियल समूह बी मा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । साख्तर डोनेस्क एक अंक जोडेर पुछारमा रहेको छ ।
यसै समूहको अर्को खेलमा इन्टरले एफसी सेरिफलाई ३-१ ले पराजित गर्दै पहिलो जित हात पारेको छ । इन्टरको जितमा एडेन जेको, अर्टुरो भिदाल र स्टेफन डे भर्जले गोल गरे ।
हारपछि पनि सेरिफ ६ अंकसहित शीर्ष स्थानमै छ । इन्टर ४ अंक जोडेर तेस्रो स्थानमा छ ।
प्रतिक्रिया 4