+
+

हुम्लामा पहिरोले घर पुर्दा एकै परिवारका ६ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते ११:००

३ कात्तिक, सुर्खेत । पहिरोले घर पुर्दा हुम्लामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । खार्पुनाथ गाउँपालिका-५, खर्पैल गाउँमा रहेको स्थानीय धनवीरे शाहीको घर पुरिँदा उनको परिवारका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेरम्भ शर्माले जानकारी दिए ।

डीएसपी शर्माका अनुसार पहिरोमा परेर ७० वर्षीया धनवीरेसहित उनकी छोरी आशा शाही, ज्वाइँ कलबहादुर शाही, कलबहादुरका १३ वर्षीय छोरा अलिन्द्र शाही, ५ वर्षीय हुमेश शाही र तीन वर्षीय जसबहादुर शाहीको पनि मृत्यु भएको हो ।

‘पहिरोले पुरिँदा मृत्यु भएका चार जनाको शव निकालिएको छ । अन्य दुई जनाको पनि निकाल्ने क्रम जारी छ, नेपाली सेना, प्रहरी र स्थानियसहितको टोली उद्धारमा खटिएको छ,’ डीएसपी शर्माले अनलाइनखबरसँग भने ।

मंगलबार राति माथिबाट आएको पहिरोले घर पुरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment