
बलिउड नायक साहरुख खान आफ्ना छोरा आर्यन खानलाई भेट्न आर्थर रोड जेल पुगेका छन् । साहरुख र आर्यनविच करिब १८ मिनेट कुराकानी भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । आर्यनलाई एनसीबीले गिरफ्तार गरेपछि पहिलो पटक उनलाई भेट्न साहरुख जेलमा पुगेका हुन् ।
छोरा आर्यनलाई भेटेर फर्किएका साहरुखले मिडियाकर्मीको प्रश्नको भने जवाफ दिएनन् । यसैविच, मुम्बइको अदालतले आर्यननको न्यायिक हिरासत अक्टुबर ३० सम्म बढाएको छ । आर्यन र साहरुखको भेट जेलको एक क्याबिनेटमा भएको थियो । सिसाको पर्खालको वार–पार बसेर बाबु र छोराले कुरा गरेका थिए । पिता साहरुखलाई देखेपछि आर्यन केही समय रोएको मिडिया रिपोर्टमा उल्लेख छ ।
आर्यनका वकिलले बम्बे हाइकोर्टमा जमानतको लागि निवेदन दिएका छन् । अदालतले अक्टुबर २६ तारिखमा यो बिषयमा सुनुवाई गर्नेछ । यो समयसम्म आर्यनलाई आर्थर रोड जेलमै रहनुपर्नेछ ।
नम्बर १ तारिखदेखि नम्बर १४ तारिखसम्म तिहारको छुट्टी हुने भएकाले एक साता भित्र आर्यनलाई छुटाउनका लागि उनका वकिलले हर संभव प्रयास गर्नुपर्नेछ ।
प्रतिक्रिया 4