+
+

गुल्मीको डहरे खोलाले बगाएको जिप क्षतविक्षत अवस्थामा भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते ९:४९
क्षतविक्षत अवस्थामा फेला परेको जिप। तस्वीर : अनिल खत्री

५ कात्तिक, गुल्मी । गुल्मीमा कात्तिक १ गते डहरे खोला तर्ने क्रममा बाढीले बगाएको जिप फेला परेको छ । बुटवलबाट वामी तर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप जिल्लाको सत्यवती गाउँपालिका वडानम्बर–६ डहरे खोला तर्ने क्रममा बगेर बेपत्ता भएको थियो ।

बगेको स्थानबाट ८ सय मिटर तल क्षतविक्षेत अवस्थामा बिहीबार जिप फेला परेको स्थानीय ज्ञानहरी सापकोटाले बताए । जिपमा चालक सहित ९ जना यात्रुहरु रहेका थिए ।

जिप खोला नजिक दलदलमा फसेपछि यात्रु र चालक ओर्लिएका थिए । त्यसलगत्तै माथिबाट आएको लेदो सहितको पानीले जिप बगाएको थियो । जीपसँगै यात्रुहरुका सबै समानहरु बगेका थिए । यसअघि बर्खाको समयमा पनि डहरे खोलाले मालबाहक ट्रक बगाएको थियो ।

गुल्मी जिल्लाको क्षेत्र नम्बर १ मा पर्ने रिडी–वामी सडकखण्डमा डहरे खोला पर्दछ । यो सडक खुलेको वर्षौं भएपनि खोलाहरुमा पक्की पुल बन्न सकेको छैन । सडक कालोपत्रे पनि भएको छैन । त्यसैले जोखिम मोलेरै सयौं सवारीका साधनहरु गुल्मी जिल्लासँगै छिमेकी जिल्ला बाग्लुङको बुर्तिबाङसम्म यही सडकबाट आउ–जाउ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?