+
+

कपुरकोट दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १२:४१

७ कात्तिक, सल्यान । सल्यानको कपुरकोटमा जीप दुर्घटनामा परी घाइते भएका आठ जनामध्ये एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा बागचौर नगरपालिका निवासी १८ वर्षीय आशिष बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इन्सपेक्टर अर्जुन पौडेलले जानकारी दिए ।

आइतबार विहान करीब ७: ५० बजेतिर भे १ च १८९० नम्बरको बोलेरो जिप कपुरकोट–३ स्थित बनस्पति उद्यान नजिकै दुर्घटनामा परेको थियो । सो जीप सल्यानको बागचौरबाट दाङ तर्फ गइरहेको थियो । सो जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

दुर्घटनामा सातजना घाइते भएका छन् । ६ जना घाइतेहरुको उपचार प्रादेशिक अस्पताल तुलसीपुरमा र एकजनाको उपचार कपुरकोटस्थित स्थानीय मेडिकलमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?