+
+

माटोको ढिस्कोले पुरिएर ५ वर्षीया बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १३:०८

७ कात्तिक, पर्सा । वीरगञ्ज महानगरपालिका-३२ चोर्नी बस्ने मनोज कुमार मण्डलकी ५ वर्षीया छोरी अर्चना कुमारीको माटो खन्ने क्रममा माटोको ढिस्को खसेर पुरिँदा शनिबार दिउँसो मृत्यु भएको छ ।

अर्चना र उनकै दिदी ७ वर्षीया सिवानी कुमारी माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकोमा वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा अर्चनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै घाइते सिवानीलाई सोही अस्पताल हुँदै थप उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?