७ कात्तिक, काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरुको मनोबल बढाउन सरकारले ध्यान दिने बताएका छन् ।
आइतबार युवा तथा खेलकुद मन्त्रालयमा बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिप खेल्न बंगलादेश जान लागेका खेलाडी तथा प्रशिक्षकहरुलाई बिदाइ गर्दै मन्त्री गहतराजले खेलाडीहरुको मनोबल बढाउन व्यवस्थापकीय कुरामा मन्त्रालयले ध्यान दिने बताए ।
खेलाडीहरुको मनोबल बढाउनका लागि मन्त्रालयले नयाँ तरिका अपनाइरहेको उनको भनाइ छ । मन्त्री गहतराजले खेलका बेला मात्रै खेलाडीहरुलाई राष्ट्रका गहना भन्ने र अरु बेला घर फर्काइदिने परिपाटी उचित नभएको भन्दै यो परिपाटीलाई सरकारले गम्भीरताका साथ लिने र खेलकुद क्षेत्रको प्रगतिमा मन्त्रालय लागिपर्ने बताए ।
‘हामी नेपालीले विश्वमा सबैभन्दा स्वाभिमानका साथ प्रस्तुत हुनुपर्छ, आत्मविश्वासका साथ प्रस्तुत हुनुपर्छ, किनभने हाम्रो इतिहास र विरासत त्यो छ, त्यो अनुसार हामी प्रस्तुत हुनुपर्छ,’ उनले भने, ‘म सबै खेलाडी, कोचहरुलाई उच्च मनोबलका साथ प्रस्तुत हुनुहोस्, उत्कृष्ट व्यवस्थापन गरेर खेलाडीहरुको मनोबल कसरी उठाउने भन्ने बारेमा मन्त्रालयले नयाँ तरिकाले नयाँपनका साथ काम गर्छौं ।’
जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ जना खेलाडी सोमबार ढाका प्रस्थान गर्नेछन् ।
 
                    










 २०७८ कात्तिक  ७ गते १४:१३
                        २०७८ कात्तिक  ७ गते १४:१३                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4