७ कात्तिक, काठमाडौं । मिडफिल्डर हेमन्त थापा मगर थ्री स्टार क्लबमा अनुबन्धित भएका छन् ।
नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिग नजिकिँदै गर्दा ललितपुरको क्लब थ्री स्टारले २३ वर्षीय हेमन्तलाई अनुबन्ध गरेको हो । ए डिभिजन लिग यही कात्तिक २९ गतेदेखि हुँदैछ ।
थ्री स्टारले आइतबार सामाजिक सञ्जालमार्फत मिडफिल्डर हेमन्तलाई क्लबमा अनुबन्ध गरिएको जनाएको हो । क्लबका अनुसार हेमन्तले थ्री स्टारसँग दुई वर्षको सम्झौता गरेका हुन् ।
हेमन्तले उमेर समूहमा यू–१३, यू–१४ र यू–१६ को राष्ट्रिय टिमको नेतृत्व गर्दै खेलिसकेका छन् ।
यस्तै २०७६ सालमा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा हेमन्त पुरुष फुटबल टिमका सदस्य थिए ।
हेमन्तले यसअघि च्यासल युथ क्लबबाट लिग खेलेका थिए ।
प्रतिक्रिया 4