+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

१० खर्ब डलर सम्पत्ति हुने विश्वकै पहिलो व्यक्ति बन्दैछन् एलन मस्क

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते ११:५५

विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा छन् एलन मस्क । टेस्ला तथा स्पेस एक्स कम्पनीका संस्थापक र सीईओसमेत रहेका मस्कको हालको सम्पत्ति दुई खर्ब ४१ अर्ब छ । मस्कको सम्पत्ति दिन प्रतिदिन बढिरहँदा निकट भविष्यमा १० खर्ब डलर पुग्ने देखिएको छ ।

बेलायतस्थित एक इन्भेस्टमेन्ट बैंकले एलन मस्क १० खर्ब डलर सम्पत्ति भएको विश्वको पहिलो व्यक्ति बन्ने प्रक्षेपण गरेको छ ।

मोर्गन स्टेन्लेका विश्लेषकहरूका अनुसार अन्तरिक्ष उडानका रकेट निर्माण गर्ने कम्पनी स्पेस एक्सबाट हुने भारी आम्दानीकै कारण एलन मस्कले इतिहास रच्ने भएका हुन् ।

मस्कको हालको झण्डै अढाइ खर्बको सम्पत्तिमध्ये अधिकांश हिस्सा विद्युतीय कार निर्माता कम्पनी टेस्लाबाट आर्जन गरेका हुन् । तर भविष्यमा मस्कले टेस्लाको तुलनामा अन्तरिक्ष कम्पनी स्पेस एक्सबाट धेरै सम्पत्ति आर्जन गर्ने विश्लेषकको ठम्याइ छ ।

विश्लेषक एडम जोन्सका अनुसार सन् २००२ मा स्थापना भएको स्पेस एक्स कम्पनीले अन्तरिक्ष उडानसँग सम्बन्धित रकेट, प्रक्षेपण उपकरण तथा सहयोगी पूर्वाधारका सन्दर्भमा यसअघि रहेका विचार, मान्यता तथा समय सीमाहरुलाई चुनौती दिएको छ ।

उनका अनुसार एलन मस्क यदि विश्वको पहिलो टि्रलिनेयर बन्ने हो भने टेस्लाका कारणले होइन स्पेस एक्सका कारणले बन्नेछन्, जुन निकट भविष्यमै विश्वको सबैभन्दा मूल्यवान कम्पनी बन्ने दिशामा छ ।

उनका अनुसार स्पेसएक्सले निर्माण गर्ने पुनः प्रयोगयोग्य रकेटहरु जसले मानिस तथा कार्गोलाई चन्द्रमा अनि मंगल ग्रहसम्म पुराउनेछ त्यसबाट अन्तरिक्ष उद्योगका लगानीकर्ताहरुको अपेक्षालाई रुपान्तरण गरिदिनेछ ।

उनका अनुसार अहिले इन्टरनेट भन्नु नै गुगल भएजस्तै भविष्यमा अन्तरिक्ष भन्नु नै स्पेस एक्स हुनेछ ।

जोन्सका अनुसार निजी स्वामित्वको स्पेस एक्स कम्पनीको मूल्य हाल करीब २ खर्ब डलर पुगिसकेको छ र यो निरन्तर बढ्ने क्रममा छ । गत महीना द्धितीयक शेयर बिक्रीका क्रममा यो कम्पनीको एक खर्ब डलर मूल्यांकन गरिएको थियो । त्योसँगै स्पेस एक्स विश्वको दोश्रो ठूलो निजी कम्पनी बनेको थियो ।

यो सूचीमा पहिलो स्थानमा चाहिँ टिकटकको मातृ कम्पनी बाइटडान्स रहेको छ ।

स्पेस एक्सको ४८ प्रतिशत स्वामित्व एलन मस्कको नाउँमा छ । मस्कले गत जनवरीमै अमेजनका संस्थापक जेफ बेजोसलाई पछि पार्दै विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए । त्यसपछि केही समय दोश्रो स्थानमा खस्किएका मस्कले पछि पुनः पहिलो स्थानमा उक्लिँदै हाल दोश्रो स्थानका जेफ बेजोसभन्दा निकै अगाडि पुगिसकेका छन् ।

एलन मस्कसँग हाल जेफ बेजोसभन्दा ४२ अर्ब डलर बढी सम्पत्ति रहेको ब्लुम्बर्ग बिलियनेयर इन्डेक्सले देखाउँदछ ।

द गार्जियनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?