+
+

चीनमा कोरोना भाइरस पुन: फैलिन थाल्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १२:०२

८ कात्तित, काठमाडौं । चीनमा कोभिड-१९ का नयाँ संक्रमित देखिन थालेका छन् । भाइरस पुन: देखिन थालेसँगै आगामी दिनमा संक्रमितको संख्या बढ्न सक्ने र थप क्षेत्रमा महामारी फैलिन सक्ने अधिकारीहरूले बताएका छन् ।

अन्यत्र क्षेत्रबाट आएको डेल्टा भेरियन्टका कारण नयाँ संक्रमित देखिएको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी वु लियाङवुले आइतबार जानकारी दिएका छन् ।

अक्टोबर १७ देखि संक्रमण लहर ११ प्रान्तमा फैलिएको आयोगका प्रवक्ता मि फेङले ब्रिफिङमार्फत् जानकारी दिए । मीका अनुसार अधिकांश संक्रमितले विगतमा अन्तरक्षेत्रीय यात्रा गरेका छन् । उनले महामारीबाट प्रभावित स्थानमा ‘आपतकालीन उपाय’ अपनाउनुपर्ने अपिल समेत गरेका छन् ।

गङसु र इनर मंगोलियाका केही शहरमा भाइरसका कारण बस तथा ट्याक्सी सेवा बन्द गरिएको यातायात मन्त्रालयका झोउ मिङले बताए ।

इनर मंगोलियाको एजिना क्षेत्रका बासिन्दा र यात्रीलाई सोमबारदेखि घरभित्रै बस्न भनिएको छ । कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय सरकारले विज्ञप्ति जारी गर्दै स्थानीयलाई घरभित्रै बस्न भनेको हो ।

राष्ट्रिय स्वास्थ्य आयोगले जनाए अनुसार शनिबार चीनमा २६ जना नयाँ कोभिड संक्रमित थपिएका छन् । यसमध्ये इनर मंगोलियाका सात, गङ्सु तथा निङसियाका छ, बेइजिङका चार, र हेवेइ, हुनान र शाङसीका एक-एक जना संक्रमित रहेका छन् ।

कोभिड-१९ को डेल्टा भेरियन्ट फैलिएसँगै एसियाली मुलुकले आफ्नो अर्थतन्त्र पुन: खुलाउने प्रयासमा  सुस्तता आएको छ । सिंगापुरले पूर्ण खोप लगाएका वा विगत २७० दिनमा कोभिड मुक्त भएका मानिस मात्रै कार्यक्षेत्रमा खटिन सक्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?