+
+
Shares

काठमाडौंमा एकै दिन दुई पार्कको शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १५:०६

८ कात्तिक, काठमाडौं। ‘एक वडा एक पार्क निर्माण’ को नीति अनुरुप काठमाडौं महानगरपालिकाले एकै दिन वडा–३२ मा दुई वटा पार्कको शिलान्यास गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले करिब ४ रोपनी ११ आनामा निर्माण हुने ‘बागमती दोभान’ र ‘अमरावती’ दुई पार्कको शिलान्यास गरे ।

पार्क शिलान्यासपछि सम्वोधन गर्दै प्रमुख शाक्यले साना ठूला गरी काठमाडौँ महानगरपालिका क्षेत्रभित्र ५० वढी पार्क निर्माण भइरहेको जानकारी दिए । ‘सार्वजनिक जग्गाको संरक्षण गर्ने, हरियाली कायम गर्ने र स्थानीयहरुको अपनत्व रहने गरी उहाँहरुलाई नै संरक्षणको जिम्मा दिने नीति अनुसार हामीले प्रत्येक वडामा कम्तीमा एक पार्क निर्माणको अभियान अघि बढाएका हौँ,’ उनले भने, ‘जहाँ–जहाँ सार्जजनिक जमिन छ, त्यहाँ–त्यहाँ त्यो जग्गाको संरक्षण गर्दै साना–ठूला पार्क बनाउँदै आएका छौँ ।’

उनले कतिपय जमिन गुठीका नाममा रहेका कारण पार्क निर्माण गर्ने र हरियाली कायम गर्ने कुरामा समस्या भएको बताए। ‘गुठी संस्थानलाई हामीले कुत बुझाउँछौँ, तपाईँहरुले महानगरपालिकालाई लिजमा दिनुहोस्।त्यहाँ हरियाली पार्क निर्माण गर्छौ भनेर प्रस्ताव राखेका छौँ,’ प्रमुख शाक्यले भने, ‘व्यवसायिक भवन अहिले निजी क्षेत्रबाट प्रयाप्त बनेका छन्।गुठीको जमिनमा व्यवसायिक भवनको हैन, पार्क निर्माण गर्नुपर्छ।’

उनले ती जमिन गुठी संस्थानले लिजमा दिए संरक्षण गर्दै हरियाली कायम गर्ने बताए। उनले सम्पदा निर्माण–पुनर्निर्माणको कामलाई पनि अघि बढाएको बताए ।काठमाडौँ आधुनिक र परम्परागत साँस्कृतिक विशेषता भएको शहर भएको भन्दै त्यसको पहिचान जोगाउनुपर्ने चुनौती रहेको बताए ।

काठमाडौँ भौतिक पूर्वाधार विभागका प्रमुख राम थापाले चालु आर्थिक वर्षमा मात्रै करीब ३५ वटा पार्क निर्माणको तयारीमा रहेको बताए ।करीब ११ आना जमिनमा निर्माण दोभाव पार्क करीब ६७ लाखको लागतमा निर्माण हुँनेछ भने करिब चार रोपनी क्षेत्रफलमा निर्माण हुने अमरावती पार्क करिब ९० लाखको लागतमा निर्माण हुँदैछ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?