
काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले दशैं, तिहार र छठलाई लक्षित गर्दै ल्याएको ‘होण्डाको फेस्टिभ बोनान्जा’ योजनाका पहिलो विजेता लक्की ड्रमार्फत घोषणा गरेको छ ।
बुटवलको ड्राइभवे व्हिलस् प्रालिबाट डब्ल्यूआरभी–एसभीएमटी खरिद गरेका सञ्जय नेपाल विजेता घोषित भएका हुन् । कम्पनीका अनुसार हरेक हप्ता हुने लक्की ड्र मार्फत उनी पहिलो विजेता बन्दै रु.३ लाख ५० हजार हात पारेका छन् ।
यस योजना अन्तर्गत ग्राहकहरुले होण्डा कारको खरिदमा हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७ प्रतिशतको छुटका साथै अन्य धेरै निःशुल्क आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३ लाख ५० हजारसम्मको क्यास ब्याक जित्न सक्नेछन् ।
प्रतिक्रिया 4