+
+

प्रोटोनले ल्यायो ०.९९ प्रतिशत विशेष योजना

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १५:३०

काठमाडौं । प्रोटोनले आफ्ना ग्राहकका लागि नेपालमै पहिलो पटक उत्कृष्ट ‘विशेष ०.९९ प्रतिशत’ योजना ल्याएको छ । विशेष ०.९९ प्रतिशत ब्याजदर योजनाका साथै अन्य थुप्रै ब्याजदरको विकल्प समेत यस योजनामा समावेश गरिएको कम्पनीले जनाएको छ । गत असोज २४ गतेदेखि शुरु भएको यो योजना चाडपर्वको मौसम रहुन्जेलसम्म निरन्तर रहनेछ।

नेपालमा बैंकको ब्याजदरमा उतार चडाब भइरहेको अवस्थामा पनि  यस योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स७० मात्र ०.९९ प्रतिशत ब्याजदरमा फाइनेन्सिङ गरेर खरिद गर्न सक्नेछन् । उचित कागजपत्र बुझाएको ४८ घण्टामै ग्राहकहरुले आफूले रोजेको प्रोटोन गाडी खरिद गर्न सक्ने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार यस प्रोटोन ‘विशेष’ योजना बाहेक ग्राहकहरुले अन्य आकर्षक २.९९ प्रतिशत, ५.९९ प्रतिशत, ८.९९ प्रतिशत र ११ प्रतिशत ब्याजदरमा पनि फ़ाइनेन्सिङ्गको योजनाहरु पाउन सक्नेछन् । जस अन्तर्गत ब्याज अनुसारको किस्ताबन्दीको सुविधा पनि रहेको छ ।  यी योजनाहरु सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले बताएको छ । किस्तावन्दीमा सवारी खरिद गर्नका लागि शंकर ग्रुप अन्तर्गतको जगदम्बा क्रेडिट एण्ड इन्भेस्टमेन्ट प्रालिले इन-हाउस फाइनेन्सिङको सुविधा प्रदान गर्दै आइरहेको छ।

कम्पनीका अनुसार विशेष ०.९९ प्रतिशत अफर समायोजन नगरी प्रोटोन सागाको शुरुवाती मूल्य ३७ लाख ९९ हजार राखिएको छ । प्रोटोन एक्स७० को शुरुवाती मूल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने यस योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका शो रुममा लागू हुने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?