+
+

बैंकिङ कसुरमा ५ लाख जरिवाना तोकिएका व्यक्ति सुनसरीबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १७:३९
फाइल तस्वीर

८ कात्तिक, सुनसरी । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रदेश-१ को प्रदेश प्रहरी कार्यालय विराटनगरले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-३ बस्ने ३८ बर्षीया रानी कुमारी साह रहेकी छिन् ।

उच्च अदालत मोरङको २०७६ माघ ६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा साहलाई १ महिना कैद र ५ लाख रुपैयाँ जरिवाना सुनाएको थियो ।

साहलाई उनकै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलीले सोमबार सुनसरीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराइ कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?