+
+

नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १८:४०

८ असोज, काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. रबीन्द्र घिमिरे नियुक्त भएका छन् । सरकारी स्वामित्वको पुनर्बिमा कम्पनीमा सरकारले घिमिरेलाई चार वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घिमिरेलाई मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको जानकारी दिए ।

घिमिरे पोखरा विश्वविद्यालय स्कूल अफ विजनेशका प्राध्यापक हुन् । घिमिरे यसअघि बिमा समितिको अध्यक्ष दौडमा समेत रहेका थिए । बिमा विषयमै विद्यावारिधि गरेका घिमिरे बिमा विषयमा राम्रो जानकार भएका व्यक्ति हुन् ।

सञ्चारमन्त्री कार्कीका अनुसार कम्पनीको सञ्चालकमा मदन पोखरेल नियुक्त भएका छन् । पोखरेल मिनभवन क्याम्पसमा अध्यापन गराइरहेका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?