+

च्यासलमा थप दुई विदेशी खेलाडी अनुबन्ध

२०७८ कात्तिक  ८ गते १९:११ २०७८ कात्तिक ८ गते १९:११
च्यासलमा थप दुई विदेशी खेलाडी अनुबन्ध

८ कात्तिक, काठमाडौं। सहीद स्मारक ए डिभिजन लिग क्लब च्यासल युथ क्लबले आज आसन्न ए डिभिजन लिगका लागि दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

राजधानीमा सोमबार च्यासल युथ क्लबले एक कार्यक्रमको आयोजना गरेर क्यामरुनका २२ वर्षिय कित्वा यानिक र २५ वर्षीय मोउसा अबागानालाई अनुन्ध गरेको हो । च्यासलले क्यामरुनी खेलाडीद्धयलाई एक÷एक वर्षका लागि अनुबन्धन गरेको हो ।

पहिलो संस्करणको नेपाल सुपर लिगमा पोखरा थन्डर्सबाट खेलेका दुबैले उत्कृष्ट प्रदर्शन गरेकाले उनीहरुलाई अनुबन्ध गरिएको च्यासलका अध्यक्ष रमेश ब्यञ्जनकारले बताए।

यसअघि च्यासलले नेपाली मुलका इटालियन खेलाडी विकास मेराग्लियालाई अनुबन्धन गर्दै चर्चा लिइसकेको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिग नजिकिदै गर्दा क्लबहरुले खेलाडीहरुलाई अनुबन्ध हुने प्रक्रिया तीब्र गतिमा अगाडि बढेको छ।

‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।

च्यासल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय