९ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश १२ वटा बैंकहरुले घोषणा गरेका छन् । अन्य केही बैंकहरुले भने लाभांश घोषणा गर्ने तयारीमा रहेका छन् । केही बैंकहरुले लाभांश घोषणा गरी साधारण सभा प्रयोजनका लागि बुक क्लोज समेत गरेका छन् ।
सोमबार केही बैंकहरुको बोनस शेयर पछि मूल्य समायोजन भएको छ । माछापुछ्रे बैंक, सानिमा बैंक, कुमारी बैंक लगायतको नेपाल स्टक एक्सचेञ्जमा मूल्य समायोजन समेत भइसकेको छ । हालसम्म लाभांश सार्वजनिक गरेका बैंकहरु मध्ये गत आर्थिक वर्षको मूनाफाबाट धेरै लाभांश दिने पहिलो नम्बरमा हिमालयन बैंक देखिएको छ ।
हिमालयन बैंकले नगद लाभांश ४.६२ प्रतिशत र बोनस शेयर २१.३८ प्रतिशत गरी जम्मा २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । दोस्रो नम्बरमा देखिएको सानिमा बैंकले ०.८९ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि र १७ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ भने तेस्रो नम्बरमा धेरै लाभांश घोषणा गर्नेमा नेपाल बैंक देखिएको छ । नेपाल बैंकले ३ प्रतिशत नगद लाभांश र १४ प्रतिशत बोनस शेयर गरी १७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
| सि.नं. | बैंकको नाम | नगद लाभांश | शेयर लाभांश | कुल लाभांश (प्रतिशतमा) |
| १ | हिमालयन बैंक | ४.६२ | २१.३८ | २६ |
| २ | सानिमा बैंक | ०.८९ | १७ | १७.८९ |
| ३ | नेपाल बैंक | ३ | १४ | १७ |
| ४ | नेपाल इन्भेष्टमेन्ट बैंक | ३.३९ | १२.६१ | १६ |
| ५ | सिटिजन्स बैंक | ३.०९ | १२.९१ | १६ |
| ६ | एनआइसी एशिया बैंक | ०.७९ | १५ | १५.७९ |
| ७ | नेपाल बंगलादेश बैंक | ३.५ | १२ | १५.५ |
| ८ | सिद्धार्थ बैंक | ०.७५ | १४.२५ | १५ |
| ९ | माछापुछ्रे बैंक | ०.७ | १३.३ | १४ |
| १० | ग्लोबल आइएमई बैंक | ३.५ | १० | १३.५ |
| ११ | स्टाण्डर्ड चार्टर्ड बैंक | ३.०६ | १० | १३.०६ |
| १२ | कुमारी बैंक | २.६७ | ६ | ८.६७ |
प्रतिक्रिया 4