+
+

जिपलाइनबारे प्रचण्डको प्रष्टीकरण : यत्रो चर्चा हुनुपर्ने विषय नै थिएन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १९:०१

९ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले धुलिखेलमा चढेको जिपलाइनबारे नकारात्मक टिप्पणी भएकामा असन्तुष्टि जनाए । ‘म एक रातका लागि सुकुटे गएको थिएँ । फर्किँदाखेरि यहाँ चढ्न रमाइलै हुन्छ भन्ने भयो, तुरुन्तै निर्णय गरेर चढे । नेपाली जनताले बुझ्ने कुरा हो’ चितवनमा पत्रकारसँगको कुराकानीमा उनले भने ।

देश बाढीपहिरोमा डुबेको बेला प्रचण्ड जिपलाइनमा चढेको भनेर आलोचना भएको थियो । प्रचण्डले भने आफूले जिपलाइन चढेको विषयमा समाचार बन्ने विषय नै नभएको बताए ।

‘तर्पाहरुले सामान्य परिघटनाको रुपमा लिँदा पनि हुन्छ । अलिकति जोखिमपूर्ण क्रियाकलाप गर्ने मेरो रुचीलाई सकारात्मक रुपमा लिँदा पनि हुन्छ । यो धेरै चर्चा हुनुपर्ने विषय नै थिएन । म २४ घण्टाका लागि बाहिर गएँ, फर्केर आउँदा जिपलाइन चढेँ, यो देशभरि समाचार बनाउनुपर्ने विषय नै हो जस्तो लाग्दैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?