+
+

मकवानपुर, सप्तरी र महोत्तरीमा भएका दुर्घटनामा ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १०:१३

१० कात्तिक, काठमाडौं । मकवानपुर, सप्तरी र महोत्तरीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ मनकामना चोकमा ट्याक्टरको ठक्करबाट अटो रिक्सामा सवार एक जनाको मृत्यु भएको छ । मंगलबार बेलुका सवा आठ बजे फारलाइनबाट मनकामना चोकतर्फ जाँदै गरेको ना ३ त ३६६८ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको ना २ ह ५८६५ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा ४५ वर्षीय पदमबहादुर विकको मृत्यु भएको हो । विकको चुरे हिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा रिक्सा चालक भने सकुशल छन् ।

यसैगरी सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर चोकमा को १ ख ७७८४ नम्बरको बसले ठक्कर दिंदा स्थानीय ४५ वर्षीया ठण्डेश्वरी भगतको मृत्यु भएको छ । पैदल हिंडिरहेकी भगतलाई गएराति साढे ११ बजे बसले ठक्कर दिएको थियो । उनलाई उपचारको लागि रुपनीस्थित युनिक अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने बस र बसको चालकलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको छ ।

यसैगरी महोत्तरीको पिपरा गाउँपालिका ५ मा मंगलबार साँझ ज १२ प ४९७७ नम्बरको स्कुटरको ठक्करबाट सिन्धुलीको मरिण गाउँपालिका १ बस्ने ३८ वर्षीय हरि बहादुर भुजेलको मृत्यु भएको छ । पैदल हिंडिरहेका भुजेललाई हिजो साँझ साढे ६ बजे स्कुटरले ठक्कर दिएको र भुजेलको उपचारको क्रममा जानकी हेल्थ केयरमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरसहित चालकलाई इलाका प्रहरी कार्यालय सहोडवाले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment