+
+

माधव नेपालले भने – पाँच दलीय गठबन्धन चुनावसम्म कायम राख्छौं

जनक विष्ट जनक विष्ट
२०७८ कात्तिक ११ गते १७:३६

११ कात्तिक, धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै कायम राख्ने बताएका छन् ।

बिहीबार धनगढी विमानस्थलमा समाजवादी प्रेस संगठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले भने, ‘चुनावी तयारीमा जुट्नुपर्ने बेला भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय गठबन्धन चुनावसम्मै कायम राख्ने धारणा बनाएका छौं ।’

उनले एकीकृत समाजवादी पार्टीले चुनावलाई लक्षित गरेर पार्टीको संगठन निर्माण तथा सदस्यता वितरणलाई तीव्रता दिइरहेको पनि जानकारी गराए ।
जनताको चाहाना पूरा गर्नका निमित्त आफूहरू सरकारमा सहभागी भएको उनको भनाइ छ ।

बाग्मती प्रदेशमा बिहीबार गठबन्धनका तर्फबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्न लागेको र प्रदेश नम्बर १ मा पनि कात्तिक १५ गतेभित्रै आफूहरूको सरकार बन्ने अध्यक्ष नेपालले बताएका छन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?