+
+

संसदमा बिहीबार पनि एमालेको नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १४:२३
फाइल तस्वीर

११ कात्तिक, काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीबार पनि नाराबाजी गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले ‘प्रतिनिधिसभाको काम कारबाही शुरु हुन्छ’ भन्ने बित्तिकै एमालेका सांसदहरुले नाराबाजी शुरु गरेका हुन् ।

२३ साउन २०७८ बाट सुरु भएको अधिवेशनमा प्रमुख प्रतिपक्षी एमालेले निरन्तर नाराबाजी गर्दै आएको छ । उसले बिहीबारको बैठकमा पनि नाराबाजीलाई नै निरन्तरता दिएको हो ।

एमालेका सांसदहरुले पार्टीले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको सूचना टाँस गरिनुपर्ने माग राखेका छन् । अन्यथा सदन चल्न नदिने उनीहरुको अडान छ । तर, सभामुख सापकोटाले यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै एमालेलाई सम्झाउँदै आएका छन् ।

एमालेले भने १४ जना सांसद कारबाहीमा परेको सूचना टाँस नगर्ने भए सभामुखले राजीनामा दिनुपर्ने बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?