
फाइल तस्वीर
११ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले संसद सुचारु गर्न सभामुखले पहल गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसद सुचारु गराउन सभामुख अग्निप्रसाद सापकोटाको पहलको आवश्यकता रहेको बताए ।
कोरोना महामारी, लिपुलेक र लिम्पियाधुराको समस्या, निर्वाचन र चाडबाडको बीचमा रहेकाले संसद सुचारु गर्न सबैले सहजीकरण गर्नुपर्ने पोखरेलले बताए ।
‘कोरोना, निर्वाचन, चाडबाडको बेला छ । लिपुलेक, लिम्पियाधुरधाको समस्या त्यत्तिकै छ । एमालेले लगातार संसद अवरोध गरिरहेको छ, यसरी कसरी निकास मिल्छ ? जनताका समस्या जहाँको त्यहीं छन्,’ उनले भने ।
सांसद पोखरेलले संसद सरकार र प्रतिपक्षको पनि थलो भएकोले सबैले मिलेर अघि बढ्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4