+
+
Shares

२१ औ शताब्दीमैत्री शिक्षक उत्पादन गर्न युलेन्स र केयूबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १९:३८

११ कात्तिक, काठमाडौं । आधुनिक शिक्षामैत्री दक्ष शिक्षक उत्पादनका लागि सहकार्यमा तालिम सञ्चालन गर्न युलेन्स एजुकेसन फाउन्डेसन र काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसनबीच सम्झौता भएको छ ।

अहिलेको शताब्दीको लागि आवश्यक दक्ष शिक्षकहरुको कमी देखिएकोले शिक्षकहरुलाई दक्ष बनाउने तालिम सञ्चालनको लागि यी दुई शैक्षिक संस्थाबीच शिक्षक तालिमको लागि सम्झौता भएको युलेन्स फाउन्डेसनका प्रमुख प्राज्ञिक अधिकृत मेडिन लामिछानेले बताए ।

उनले भने ‘हाम्रा शिक्षकहरु अहिलेको मोडर्न अप्रोचमा पढाउन नसक्ने, परम्परागत शैलीमा नै पढाउने पायौं । त्यसैले शिक्षकको क्षमता विकासको लागि काम गरौं भनेर हामीले समझदारी गरेका हौं ।’ तालिममा आवश्यकताको आधारमा हुने र विश्वविद्यालयका पाठ्यक्रममा आधारित भन्दा पनि आजको युगको कक्षाकोठाको लागि गुणस्तर शिक्षक अथवा नेतृत्वको लागि आवश्यक सीपको आधारमा तालिम दिने लामिछानेले बताए ।

तालिम शिर्षक र मोड्युलको आधारमा छोटो अथवा लामो अवधिको सञ्चालन हुने उनले बताए । यो समझदारीले गुणस्तर शिक्षक सुधार गर्ने उनको दाबी छ । यो समझदारी पाँच वर्षको लागि गरिएको मेडिनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?