+
+

महाधिवेशन प्रतिनिधि बढाउने एमालेको निर्णय, अब १,९९९

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १७:०४
फाइल तस्वीर

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेले आसन्न १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएको छ ।

शुक्रबार बसेको केन्द्रीय कमिटीको संख्याले महाधिवेशन प्रतिनिधिको संख्या १,९९९ पुर्‍याएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए यसअघि बिहीबार बसेको स्थायी कमिटीले १,५३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो । केन्द्रीय सदस्यहरुले संख्या बढाउन माग गरेपछि ४३६ प्रतिनिधि थप्ने निर्णय गरेको हो ।

उनका अनुसार थपिने प्रतिनिधिहरु अधिकांश भूगोलबाट हुनेछन् । स्थायी कमिटीले हरेक निर्वाचन क्षेत्रबाट १,५०० संगठित सदस्यबाट दुई खुला र एक महिला महाधिवेशन प्रतिनिधि चुन्ने निर्णय गरेको थियो । अब यसमा केही हेरफेर हुनेछ ।

महाधिवेशन प्रतिनिधि चयनका लागि देशभर २७ कात्तिकमा निर्वाचन गर्ने केन्द्रीय कमिटीको निर्णय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?