+
+

घनश्‍यामलाई ओलीको जवाफ : पार्टीभित्र चिठीको क्षेप्यास्त्र प्रहार गर्न आवश्यक छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १७:३७
फाइल तस्वीर

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र चिठीको क्षेप्यास्त्र प्रहार गर्न आवश्यक नरहेको बताएका छन् ।

एमाले उपमहासचिव घनश्याम भुसालले लेखेको चिठीतर्फ संकेत गर्दै उनले त्यसको जवाफ दिइरहन आवश्यक नभएको बताए ।

शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भने, ‘युवराजजी (उपाध्यक्ष युवराज ज्ञवाली) यहाँ मास्क लगाएर बस्नुभएको छ । मास्क खोल्नुस् भनेर चिठी लेख्नुपर्छ र?’

आफ्ना सहमतिहरु बैठकमा नै राख्नुपर्ने उनले बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?