+
+

सबै क्लस्टरबाट महाधिवेशन प्रतिनिधि थप्ने एमालेको तयारी

नेकपा एमालेले महाधिवेशन प्रतिनिधि चयनको नयाँ मापदण्ड बनाउने निर्णय स्थायी कमिटीलाई दिएको छ । शुक्रबारको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधि संख्या १,९९९ बनाउने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १९:२५

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेले महाधिवेशन प्रतिनिधि चयनको नयाँ मापदण्ड बनाउने निर्णय स्थायी कमिटीलाई दिएको छ । शुक्रबारको केन्द्रीय कमिटी बैठकले महाधिवेशन प्रतिनिधि संख्या १,९९९ बनाउने निर्णय गरेको छ ।

बिहीबारको स्थायी कमिटीले प्रस्ताव गरेको संख्यामा थप चार सय प्रतिनिधि बढाउने निर्णय केन्द्रीय कमिटीले गरेको हो । नयाँ मापदण्ड बनाउँदा सबै क्लस्टरबाट प्रतिनिधि संख्या बढाइने एक केन्द्रीय सदस्यले बताए ।

‘भूगोल, जनसंगठन, ज्येष्ठ सल्लाहकार परिषद्, विभाग र केन्द्रीय कार्यालयबाट समेत प्रतिनिधि संख्या बढाउने तयारी छ,’ ती नेताले भने ।

जनसंगठनबाट ५/५ जना प्रतिनिधि आउने स्थायी कमिटी बैठकले निर्णय गरेको थियो । अब ६ देखि ७ सम्म पुग्न सक्नेछ । केन्द्रीय कार्यालय र विभागबाट एक महिलासहित तीन जना प्रतिनिधि आउने प्रस्ताव थियो । तर अब यो संख्या ५ बन्ने ती नेताले बताए ।

ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १५ जना आउने भएको छ । स्थायी कमिटीले तीन जना तोकेको थियो । नयाँ मापदण्डअनुसार भूगोलबाट आउने प्रतिनिधि संख्या धेरै बढ्नेछ ।

स्थायी कमिटीले प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १५ सय सदस्य बराबर दुई खुला र एक महिला प्रतिनिधि आउने व्यवस्था गरेको थियो । तर अब प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २ हजार संख्या बराबर एक महिलासहित चार जना आउन सक्नेछन् । त्यसपछि थप पाँच सय बराबर एक प्रतिनिधि थप आउन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?