+
+

आसिफ अलीको गनशट एक्सन, जसको राजदूतले गरे आलोचना

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १२:५१

१४ कात्तिक, काठमाडौं । पाकिस्तानी क्रिकेटर आसिफ अलीले पछिल्लो दुई दिनदेखि टी–२० विश्वकपमा अफगानिस्तानविरुद्ध गरेको प्रदर्शनका कारण प्रशंसा पाइरहेका छन् ।

उनले अन्तिम ओभरमा चार छक्का हान्दै पाकिस्तानलाई जित जिलाएका थिए । त्यही कारण उनको प्रशंसा भइरहेको छ । तर श्रीलंकाका लागि अफगानिस्तानका राजदूत एम असरफ हैदरीले आसिफ अलीको आलोचना गरेका छन् ।

आसिफ अलीले खेलका क्रममा एक अवसरमा आफ्नो ब्याटलाई बन्दुक जसरी बोकेका थिए । राजदूत हैदरीले त्यसको आलोचना गर्दै ट्वीटरमा लेखेका छन्, ‘पाकिस्तानका प्रमुख खेलाडी आसिफ अलीले अफगानिस्तानका खेलाडी, जसले उनी र उनको टिमलाई कडा चुनौती दिएको थियो, तर ब्याटलाई बन्दुक जसरी देखाउनु आक्रमकताको लज्जास्पद कार्य हो ।’

उनले अघि भने, ‘खेल एक स्वस्थ प्रतिस्पर्धा, मित्रता र शान्तिसँग जोडिएको छ, युद्धका लागि पनि समय आउँछ ।’

आसिफ अलीको गनशट एक्सनको तस्वीर यसअघि नै भाइरल भएको थियो । तर हैदरीको आलोचनापछि विवादित बनेको छ । केहीले आसिफको आलोचना गरेका छन् । धेरैले भने यसको आलोचना गरिरहनु नपर्ने बताएका छन् ।

पाकिस्तानी पत्रिका डनका खेल पत्रकार अब्दुल गफ्फारले पूर्व भारतीय कप्तान एमएस धोनीले पनि श्रीलंकाविरुद्ध जयपुरमा खेलेको एक खेलमा यही एक्सन गरेको सम्झाएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘धोनीले श्रीलंकाविरुद्ध यही गरेका थिए । तर श्रीलंकन समझदार छन् र उनीहरु राम्रो भावनाका साथ क्रिकेट खेल्छन् । खेलसँग राजनीतिलाई नमिलाऔं ।’ सन् २००६ मा श्रीलंकाविरुद्ध एकदिवसीय क्रिकेटमा शतक पूरा गरेपछि धोनीले गनशन एक्सनमा ब्याट समातेका थिए । चर्चित क्रिकेटर विलियम रिचड्र्सले पनि यसरी नै ब्याट समातेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?