
१५ कात्तिक, काठमाडौं। इटालियन सिरी ए मा शीर्ष स्थानका दुई क्लब नापोली र एसी मिलानले अपराजित यात्रालाई कायम राख्दै जित हात पारेका छन् ।
गएराती भएको खेलमा शीर्ष स्थानको नापोलीले सालेरनिटानालाई १-० ले पराजित गरेको हो । नापोलीका लागि पिटर जेलिन्स्कीले निर्णायक गोल गरे ।
यस्तै एसी मिलानले रोमालाई २-१ ले पराजित गरेको छ । मिलानका लागि ज्लाटन इब्राहिमोभिच र फ्रान्क केसीले एक एक गोल गरे । रोमाका स्टेफेन अलसारावेले एक गोल फर्काए ।
जितपछि नापोली र एसी मिलानले ११ खेलबाट समान ३१ अंक जोडेका छन् । गोलअन्तरका आधारमा नापोली शीर्ष र मिलान दोस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4