+
+

मोदी ग्लास्गो पुगे, ‘भारतका गहना’ भन्दै भारतीय समुदायले गरे स्वागत

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १३:३९

१५ कात्तिक, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्कटल्याण्डको ग्लास्गो पुगेका छन् । जलवायु परिवर्तनसम्बन्धी कोप-२६ सम्मेलनमा सहभागी हुन मोदी ग्लास्गो पुगेका हुन् ।

मोदीले जलवायु परिवर्तन सम्मेलनलाई सम्बोधन गर्नेछन् । त्यसक्रममा मोदी र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच दुईपक्षीय बैठक हुने भारतीय समाचार माध्यमले जनाएका छन् ।

ग्लास्गो पुगेका मोदीलाई त्यहाँस्थित भारतीय समुदायले भव्य स्वागत गरेको समाचारमा जनाइएको छ । भारतीय समुदायसँगको अन्तर्क्रियाका क्रममा होटल पुगेलगत्तै ‘मोदी भारतका गहना हुन्’ भन्ने नारा लगाइएको थियो ।

यसैबीच, मोदीको ट्विटर ह्याण्डलमा जलवायु परिवर्तनबाट उत्पन्न समस्या न्यूनीकरण गर्न भारत अन्य विश्व नेतासँग सहकार्य गर्न चाहेको अपेक्षा गरिएको उल्लेख छ ।

‘ग्लास्गोमा आइपुगें,’ मोदीको ट्विटमा भनिएको छ, ‘कोप-२६ सम्मेलनमा सहभागी भएर  जलवायु परिवर्तन न्यूनीकरणका लागि विश्व नेतासँग सहकार्य गर्न आतुर रहेको र यस सम्बन्धमा भारतले गरेका प्रयास बताउने छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?