+
+

कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १९:१७

१५ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका उनले ३ वर्ष ८ महिनापछि राजीनामा दिएका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलको गठबन्धनको सहमति बमोजिम उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

गठबन्धनमा मुख्यमन्त्री अब नेपाली कांग्रेसले लिने सहमति भएको छ ।

सोमबार मुख्यमन्त्री शाहीले कर्णालीबासीका नाममा सम्बोधन गर्दै आफ्नो सरकारले गरेका कामको विवरण प्रस्तुत गरे र राजीनामा घोषणा गरे ।

मुख्यमन्त्री शाहीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि आफूले राजीनामा दिएको बताए । आफूले दलहरुबीच भएको सहमति अनुसार नयाँ सरकारका गठनका लागि मार्गप्रशस्त गरेर इमानको राजनीति गरेको पनि दावी गरे ।

पढ्नुहोस् मुख्यमन्त्रीको सम्बोधनको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?