+
+

रुपन्देहीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते ११:४६

१६ कात्तिक, बुटवल । रुपन्देहीमा टिपरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ ।

तिलोत्तमाको शंकरनगरमा लु २ ख २२१६ नम्बरको टिपरले ठक्कर दिंदा तिलोत्तमा-३ सिता राइसमिल नजिकै बस्दै आएकी ७८ वषर्ीया प्रेमकुमारी आचार्यको आज बिहान मृत्यु भएको हो ।

शंकरनगरस्थित सिद्धार्थ राजमार्गको जेब्रा क्रसिङबाट सडक पार गर्दै गरेकी आचार्यलाई ठक्कर दिएर टिपर फरार भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ठक्कर दिने टिपर र चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?