
१५ कात्तिक, काठमाडौं । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित तीन जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।
मंगलवार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य विरुद्ध १० दिने उजुरी आह्वान गरेको छ ।
११ कात्तिक २०७८ मा बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्त गर्न सिफारिस गरेका तीनै जना प्रस्तावित राजदूतविरुद्ध सुनुवाई समितिले उजुरी आह्वान गरेको हो । १० दिनको म्याद बुधबार बिहान गोरखापत्रमा सूचना प्रकाशन भएपछि लागू हुनेछ ।
प्राप्त उजुरी उपर छलफल गरि संसदीय सुनुवाई समितिले प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4